पाेखरा-२७ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुने
- गाउँ सहर संवाददाता
- ८ असोज शनिबार, २०७९ | ०७:१२:०० मा प्रकाशित

लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २७ मा वडाध्यक्ष रनिङ शिल्ड कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा स्थानीय बगादी युवा क्लवको संयोजनमा प्रतियोगिता हुने भएको हो । असोज १० गतेदेिख १४ गतेसम्म पोखरा-२७ रिठेपानीस्थित बसन्त गौचन फुटबल एकेडेमीको मैदानमा प्रथम वडाध्यक्ष रनिङ शिल्ड कप २०७९ सेभेन ए साईड फुटबल प्रतियोगिताको आयोजना गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
युवावर्गलाई खेलक्षेत्रमा संलग्न गराई स्थानीय क्षेत्रमा खेलकुदको प्रर्वद्धन, विकास एवं खेल पर्यटनमा समेत टेवा पुर्याउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष गंगा बहादुर तामाङले जानकारी दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष पुणर्कुमार गुरुङले प्रतियोगिताको आयोजनाले स्थानीय क्षेत्रको खेल गतिविधिमा सहयोग पुग्नुका साथै युवाहरुलाई स्वस्थ एवम् अनुशासित बनाउने विश्वास व्यक्त गरेका थिए ।
उक्त अवसरमा राईजिङ स्टार युथ क्लवका अध्यक्ष विष्णु गुरुङले प्रतियोगितामा आफू र आफ्नो क्लवको पूणर् सहयोग र सर्मथन रहने प्रतिवद्धता व्यक्त गर्दै सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष गंगा तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्लवका सदस्य सुदिप नेपालीले गरेका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ७० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप-विजेता टिमले नगद रु ३५ हजार सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक जितेन्द्र क्षेत्रीले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट गोलकर्ता, स्ट्राईकर, डिफेन्डर र हाई स्कोरर लाई पनि जनही ३/३ हजार प्रदान गरिनेछ ।प्रतियोगिता सञ्चालन गर्न करीव ६ लाख ६० हजार खर्च हुने अनुमान गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस