भदौ ५ गतेदेखि यी ५० जिल्लाका बालबालिकालाई लगाइँदैछ कोरोनाविरुद्धको खोप
- गाउँ सहर संवाददाता
- २९ श्रावण आइतबार, २०७९ | ०७:२९:०० मा प्रकाशित

काठमाडाैं । सरकारले आउँदो भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ ।
भदौ ५ गतेदेखि भदाै ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालक्षित खोप अभियान सुरु हुन लागेको हो ।
प्रदेश-१ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, शङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुरमा खोप अभियान सञ्चालन हुनेछ । त्यस्तै मधेस प्रदेशका बारा, रौतहट र सर्लाही, वाग्मती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाल्चोक तथा गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँमा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ।
लुम्बिनी प्रदेशमा कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र पूर्वी रुकुम, कर्णाली प्रदेशमा पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख र जाजरकोट तथा सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी, बाजुरा, बैतडी र दार्चुलामा खोप अभियान सञ्चालन हुनेछ ।
बालबालिकालाई दिइने फाइजर खोप सुरक्षित भएकाले ढुक्कसँग आफ्ना बालबालिकालाई लगाउन मन्त्रालयले आग्रह गरेको छ । पहिलो चरणमा जस्तै दोस्रो चरणमा पनि विद्यालयमै खोप केन्द्र राख्ने सरकारको तयारी छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस