देउवा पहिलो प्रधानमन्त्री जसले गराउँदैछन् लगातार दुई पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचन
- गाउँ सहर संवाददाता
- १९ श्रावण बिहीबार, २०७९ | १७:४२:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा लगातर दुई पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने पहिलो प्रधानमन्त्री बन्ने भएका छन् । संविधान सभाबाट संविधान जारी भएपछि पहिलो निर्वाचन गराउने सरकारको नेतृत्व वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नै गरेका थिए ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ ।
यसअघि २०७४ मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिध सभा निर्वाचन भएको थियो । उक्त निर्वाचन पनि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको थियो ।
२०७४ भदौ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले २०७४ मंसिर १० गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको थियो। भदौ १४ गते निर्वाचन मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय आएको थियो। यस पटक भने एकै चरणमा मतदान हुने भएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस