शेयरका कुरा : यस्ताे रह्याे नेप्से, काराेबार पनि घट्याे
- गाउँ सहर संवाददाता
- १७ श्रावण मंगलबार, २०७९ | १५:२६:०० मा प्रकाशित

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार झिनो अंकले घटेको छ । आज नेप्से २.८१ अंकले घटेर दुई हजार एक सय ९३ दशमलब ४३ विन्दुमा बन्द भएको छ । सोमबार नेप्से १.१५ अंकले बढेर दुई हजार एक सय ९६ दशमलब २५ विन्दुमा बन्द भएको थियो ।
आज कारोबार रकममा गिरावट आएको छ । आज नेप्सेमा तीन अर्ब २९ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा चार अर्ब ६७ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये ८२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ९२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बिन्ध्याबासिनी हाइड्रोपार डेभलपमेन्ट कम्पनी, साम्लिङ पावर कम्पनी र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २९ करोड ३२ लाख भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस