नर्सिङ पढिरहेकी युवतीलाई बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षक पक्राउ
- गाउँ सहर संवाददाता
- १० श्रावण मंगलबार, २०७९ | १३:४८:०० मा प्रकाशित
काठमाडाैं । मोरङको विराटनगरस्थित विराट हेथ कलेजमा नर्सिङ पढिरहेकी १९ वर्षीया युवतीलाई पटक–पटक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
मोरङ प्रहरीले विराटनगर-४ का सुरज सुवेदी र विराटनगर-३ का विनोद राउतलाई पक्राउ गरेको हो । उनीहरूमध्ये सुवेदी संखुवासभा र राउत मोरङका कराँते प्रशिक्षक हुन् ।
राष्ट्रिय खेलकुद परिषदबाट स्थायी नियुक्ति पाएका उनीहरू एमालेनिकट खेलकुद संगठनमा पनि सक्रिय थिए ।
आफूलाई होटलमा लगेर दुई जनाले जबरजस्ती गरेको जाहेरी किशोरीले प्रहरीमा दिएपछि उनीहरू आइतबार प्रहरी नियन्त्रणमा परेका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर अनुसन्धान थालिएका दुबैले ती किशोरीमाथि पटक-पटक बलात्कार गरेको जाहेरी परेको प्रहरी भनाइ छ ।
राउतले होटलमा लगेपछि युवतीको भिडियो बनाएर सार्वजनिक गरिदिने धम्की दिँदै पटक–पटक बलात्कार गरेको आरोप छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस