नर्सिङ पढिरहेकी युवतीलाई बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षक पक्राउ
- गाउँ सहर संवाददाता
- १० श्रावण मंगलबार, २०७९ | १३:४८:०० मा प्रकाशित

काठमाडाैं । मोरङको विराटनगरस्थित विराट हेथ कलेजमा नर्सिङ पढिरहेकी १९ वर्षीया युवतीलाई पटक–पटक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
मोरङ प्रहरीले विराटनगर-४ का सुरज सुवेदी र विराटनगर-३ का विनोद राउतलाई पक्राउ गरेको हो । उनीहरूमध्ये सुवेदी संखुवासभा र राउत मोरङका कराँते प्रशिक्षक हुन् ।
राष्ट्रिय खेलकुद परिषदबाट स्थायी नियुक्ति पाएका उनीहरू एमालेनिकट खेलकुद संगठनमा पनि सक्रिय थिए ।
आफूलाई होटलमा लगेर दुई जनाले जबरजस्ती गरेको जाहेरी किशोरीले प्रहरीमा दिएपछि उनीहरू आइतबार प्रहरी नियन्त्रणमा परेका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर अनुसन्धान थालिएका दुबैले ती किशोरीमाथि पटक-पटक बलात्कार गरेको जाहेरी परेको प्रहरी भनाइ छ ।
राउतले होटलमा लगेपछि युवतीको भिडियो बनाएर सार्वजनिक गरिदिने धम्की दिँदै पटक–पटक बलात्कार गरेको आरोप छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस