गाउँ सहर

अछाममा पहिरोले घर पुरिंदा सुतिरहेका एउटै परिवारका तीन जनाको मृत्यु

काठमाडौं । अछाममा पहिरोले एउटा घर पुरिँदा तीनजनाको मृत्यु भएको छ ।

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिंदा सुतिरहेका एउटै परिवारका तीन जनाको मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार पहिरोले घर पुरिँदा करिब ४५ वर्षीया हरिकला विष्ट, २५ वर्षका वीरेन्द्र विष्ट र १५ वर्षका संविधान विष्टको पहिरोले घर पुरिँदा मृत्यु भएको प्रनाउ डाँगीले जानकारी दिए ।  

गाउँ सहर संवाददाता