गाउँ सहर
झापामा तीनजना किशोरी मृत अवस्थामा फेला
- गाउँ सहर संवाददाता
- ८ श्रावण आइतबार, २०७९ | १७:१२:०० मा प्रकाशित
झापा । झापामा तीनजना किशोरी मृत अवस्थामा फेला परेका छन् ।
उनीहरू घरमा परिवारलाई घुम्न जाने भन्दै शनिबार दिउँसो १२ बजे हिँडेका थिए । तर, आज बिहान उनीहरू तीनैजना कचनकवल गाउँपालिका–५, बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको जिङखोला किनारमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले तीनजनाको मृत्यु आत्महत्याका कारण हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जानकारी दिए ।
प्रवक्ता पाठकका अनुसार कचनकवल गाँउपालिका–५, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली, सोही स्थान बस्ने पंचम गणेशकी १६ वर्षीया छोरी करिना र वीरबल गणेशकी १७ वर्षीया छोरी कल्पनाकुमारी मृत भेटिएकी थिइन् ।
उनीहरूको शव पोस्टमार्टमका लागि पठाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस