साताकाे सेयर बजारः ९ अर्ब ६६ करोड २६ लाख बढीको काराेबार
- गाउँ सहर संवाददाता
- ७ श्रावण शनिबार, २०७९ | १०:५९:०० मा प्रकाशित

काठमाडौँ । आर्थिक वर्ष २०७९/ ८० को पहिलो साता धितोपत्र दोस्रो बजारको कारोबार रकममा कमि आएको छ । यो साता ६ कारोबार दिनमा रू. ९ अर्ब ६६ करोड २६ लाखभन्दा बढीको २ करोड ३२ लाख ६४ हजार १५५ कित्ता धितोपत्र खरीदविक्री भएको छ ।
गत साताको तुलनामा यो साता रू. २८ करोड ३२ लाख ५० हजार बराबरको ४० लाख ६६ हजार ८५२ कित्ता कम धितोपत्र कारोबार भएको हो । कारोबार रकम घटेपनि यो साता नेप्से परिसूचक ८ अंकले बढेको छ । गत साता २ हजार ९ दशमलव ४६ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार १७ दशमलव ४६ विन्दुमा बन्द भएको छ ।
यो साता कुल पूँजीकरण गत साताको भन्दा रू. ११ अर्ब ४६ करोड ७८ लाखले बढेको छ । गत साताको अन्तिम कारोबार दिन रू. २८ खर्ब ६९ अर्ब ३४ करोड ४१ लाख रहेको कुल बजारपूँजीकरण यो साताको अन्तिम कारोबार दिन रू. २८ खर्ब ८० अर्ब ८१ करोड २० लाख पुगेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस