गाउँ सहर

यी स्थानहरूमा बाढीकाे खतरा, सचेत रहन अनुराेध

काठमाडाैँ । नेपाल बाढी सूचनाका अनुसार आगामी ३ दिन सम्म प्रमुख नदीहरू कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सामान्य बढ्ने छ भने आज र भोलि कोशी, नारायणी र यसका सहायक नदीहरुको बहाव उल्लेख्य बढ्ने तर तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ ।

बाढी सूचनाले भनेकाे छ, 'आज नक्सामा उल्लेखित जिल्ला भई बहने केही स-साना नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक वहाव (Flash Flood) समेत हुन सक्ने पूर्वानुमान रहेकाले उक्त जिल्ला भई बहने स-साना नदीहरुका तटीय क्षेत्रमा सतर्कता अपनाऔं ।'

गाउँ सहर संवाददाता