काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहद्वारा कुहिने र नकुहिने फोहोरलाई भान्छामै छुट्याउन नगरबासीलाई आग्रह
- गाउँ सहर संवाददाता
- ३२ असार शनिबार, २०७९ | १७:०२:०० मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले कुहिने र नकुहिने फोहोरलाई भान्छामै छुट्याउन नगरबासीलाई आग्रह गरेका छन् । फोहोर वर्गीकरणका लागि सचेतना फैलाउन वातावरण तथा कृषि विभागले आयोजना गरेको कार्यक्रममा भेटिएका नागरिकहरुसँग कुरा गर्दै प्रमुख शाहले यस्तो आग्रह गरेका हुन् ।
महानगरले आइतबारदेखि कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै दिनमा र छुट्टाछुट्टै सवारी साधनमा संकलन गर्दैछ । यसका लागि फोहोर उत्पादकले तोकिएको दिनमा तोकिएबमोजिम प्रकृतिको फोहोर मात्र निकाल्नु पर्नेछ ।
यदि कसैले मिसिएको फोहोर निकाल्यो भने एक पटकमा ५ सय रुपैयाँसम्म जरिवाना हुने विभागका प्रमुख सरिता राईले जानकारी दिइन् । २०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि ऐनलाई प्रभावकारी बनाउन लागिएको हो ।
ऐनमा फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ ।
आजको सचेतना कार्यक्रम भित्री वडा लक्षित थियो । त्यसमा वडा १८, १९, २०, २४ र २५ वडामा पुगेर नागरिकहरुलाई महानगरको फोहोर बर्गीकरण सम्बन्धी कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । यस क्रममा इन्द्रचोक, मखन, यट्खा, नरदेवी, बाङ्गेमुढा, क्षेत्रपाटीलगायत क्षेत्रमा माइकिङ्सहितको सचेतना -याली पुगेको थियो ।
-यालीको समापन गर्दै वडा २५ का अध्यक्ष राजेश डंगोलले सहरी सभ्यताका लागि स्वच्छता अभियानमा साथ दिन वडाबासीलाई आग्रह गरे ।
विभागले हिजो वडा १२, २१, २२, २३ लगायत क्षेत्रमा सचेतना कार्यक्रम सम्पन्न गरेको विभाग प्रमुख राईको भनाइ छ ।
जैविक फोहोरबाट गड्याैँले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरको अनुरोध छ । नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्न सकिन्छ । पुन चक्रिय फोहोर कवाडी संकलकलाई बेचेर आय आर्जन गर्न सकिन्छ । महानगरले नागरिक दायित्वका विषयमा भनेको छ, ‘भान्छामा फोहोर उत्पादन हुने बेलामै कुहिने र नकुहिने गरी २ भागमा बाँड्न सकिन्छ । यसो ग-यो भने त्यसपछि व्यवस्थापनका पक्षमा सजिलो हुन्छ । अब प्लाष्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोग बढाउनुपर्छ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस