एकीकृत आर्थिक गतिविधि अध्ययन भन्छ - खाद्य तथा अन्य बालीको उत्पादन ३.३ प्रतिशतले घट्याे
- गाउँ सहर संवाददाता
- ३१ असार शुक्रबार, २०७९ | १८:५८:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल राष्ट्र बैंकद्वारा जारी आर्थिक गतिविधि अध्ययन (एकीकृत) अर्ध–वार्षिक प्रतिवेदन (आ.व.२०७८/७९) ले खाद्य तथा अन्य बालीको उत्पादन ३.३ प्रतिशतले घटेकाे बताएकाे छ । उसले जारी गरेकाे प्रतिवेदनमा अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्याङ्क अनुसार सन् २०२१ मा विश्वको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ६.१ प्रतिशत रहेको बताएकाे छ ।
त्यस्तै जि–७ मा रहेका विकसित देशहरुको आर्थिक वृद्धिदर सन् २०२१ मा उच्च रहेपनि बेरोजगारी दरमा सामान्य कमी आएको थियो । क्यानडाको बेरोजगारी दर ७.४ प्रतिशत र अमेरिकाको बेरोजगारी दर ५.४ प्रतिशत रह्यो । सन् २०२१ मा भारतको आर्थिक वृद्धिदर ८.९ प्रतिशत र चीनको आर्थिक वृद्धिदर ८.१ प्रतिशत रहेकाे प्रतिवेदनमा उल्लेख छ ।
नेपालकाे सन्दर्भमा समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादन ३.३ प्रतिशतले घटेको छ । यस्ता बालीले ढाकेको भू– क्षेत्र भने ०.४ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा उद्योगको क्षमता उपयोग औसतमा ४८.३ प्रतिशत रहेको छ । समीक्षा अवधिमा पर्यटक आगमन संख्या ९८ हजार ७ सय ६८ रहेको छ । समीक्षा अवधिसम्ममा विद्युत जडित क्षमता २ हजार २ सय ५ मेगावाट पुगेको छ भने ५ हजार ७ सय ७२ गिगावाट घण्टा बराबर विद्युत खपत भएको राष्ट्र बैंकले जनाएकाे छ ।
(एकीकृत) आर्थिक गतिविधि अध्ययन यहाँ हेर्नुहाेस्

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस