वातावरण

देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा

काठमाडाैँ । आज २०७९ असार ३१ गते (शुक्रबार) दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता