यम बुद्धको शालिक निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य : पाैडेल
- गाउँ सहर संवाददाता
- ३० असार बिहीबार, २०७९ | १३:०१:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले यम बुद्धको सालिक निर्माणका लागि १५ लाख विनियोजन गरेपछि आलोचना खेपेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकाे निर्णय स्वागतयाेग्य रहेकाे भन्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले ट्वीट गरेका छन् ।
उपाध्यक्ष पौडेलले ट्विटरमा लेखेका छन्, 'संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।'
र्यापर यम बुद्ध(अनिल अधिकारी) को सालिक निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णयको स्वागत गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र समाजमा उत्कृष्ट योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने प्रणाली भएको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले महानगरपालिकाको निर्णय स्वागतयोग्य रहेको बताएका हुन् ।
पौडेलले यम बुद्धलाई नेपाली माटोमा जन्मिएका हिपहप गायनका विधाका विख्यात नक्षत्रका रूपमा समेत सम्झिएका छन् ।
काठमाडौं महानगरपालिकाले यम बुद्धको सालिक निर्माणका लागि १५ लाख विनियोजन गरेको थियो । सालिक निर्माण गर्ने योजनाको आलोचनापछि काठमाडौं महानगरपालिकाका मेयर शाहले आफ्नै तलबबाट सालिक निर्माण गर्ने बताएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस