अर्थतन्त्र
सरकारद्वारा कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणमा ३२ अर्ब ६२ करोड रुपैयाँ खर्च
- गाउँ सहर संवाददाता
- २९ असार बुधबार, २०७९ | २२:१२:०० मा प्रकाशित
काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणमा ३२ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।
महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०७७/७८ सम्म दुई आर्थिक वर्षमा यो रकम खर्च गरेको हो । यो रकम संघीय सरकारदेखि स्थानीय तहबाट समेत भएको खर्चको एकमुष्ट हिसाव हो ।
निजामती प्रशासन, सुरक्षा निकाय र अन्य निकायबाट यस्तो खर्च भएको महालेखाले जनाएको छ । स्वास्थ्य सामग्री, औषधि उपकरण, संक्रमित व्यक्तिको व्यवस्थापन, क्वारेन्टिन तथा आइसोलेसन केन्द्र निर्माण, राहत सामग्री, जोखिम भत्ता लगायतमा सो रकम खर्च भएको पाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमकाे दाेस्राे जित
- एनपीएलः काठमाडौँको पहिलो जित, कर्णालीको पहिलो हार
- पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
प्रतिकृया दिनुहोस