वातावरण

आज मंगलबार, धेरै प्रदेशहरूमा भारी वर्षा

काठमाडाैँ । आज २०७९ असार २८ गते (मंगलबार), जल तथा माैसम विभागले धेरै प्रदेशहरूमा भारी वर्षा हुने बताएकाे छ ।

उसका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता