सडक/यातायात
फेरि बढ्यो गाडी भाडा, कुन रूटमा कति लाग्छ ? (भाडासहित)
- गाउँ सहर संवाददाता
- २७ असार सोमबार, २०७९ | १९:५५:०० मा प्रकाशित

काठमाडाैं । सरकारले इन्धनको मूल्य बढाएपछि सार्वजनिक सवारीसाधनको भाडा पनि भारी दरले बढेको छ ।
यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा अधिकतम २.६ प्रतिशतसम्म भाडा बढाएको हो ।
नेपाल आयल निगमले गत आसार २० गते डिजेल ९ रुपैयाँ बढाएको थियो । हाल डिजेल प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।
डिजेलको मूल्य बढेकाले सो अनुसार भाडा समायोजन विभागले सूचना मार्फत जानकारी गराएको हो ।
विभागका अनुसार अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढेको छ ।
त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा २.३४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा २.६ प्रतिशत भाडा बढेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस