एनबी र नबिल बैंककाे सोमबारदेखि एकीकृत कारोबार
- गाउँ सहर संवाददाता
- २६ असार आइतबार, २०७९ | २१:३८:०० मा प्रकाशित
काठमाडौँ । एनबी बैंक नबिल बैंकमा एक्विजेशन हुन लागेसँगै सोमबारदेखि एकीकृत कारोबार हुने भएकाे छ । राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै दुबै बैंकको सञ्चालक समितिको बैठकले एकीकृत कारोबारको मिति तय गरेको हो । असार ७ गते सम्पन्न दुबै बैंकको विशेष साधारण सभाले एक आपसमा गाभ्ने तथा गाभिने प्रस्ताव पारित थियो । सोमबारदेखि गाभिएर एकीकृत कारोबार हुन लागेको हाे ।
नबिलले एनबी बैंकलाई १००ः४३ शेयर अनुपातमा प्राप्ति गरेको हो । एनबीलाई प्राप्ति गरेसँगै नबिल बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड पुग्नेछ ।
हाल नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रहेको छ भने एनबीको चुक्ता पुँजी १० अर्ब ८ करोड रहेको छ । १००ः४३ शेयर अनुपातमा एनबीलाई गाभ्दा नबिल बैंकको चुक्ता पूँजीमा ४ अर्ब २३ करोड रुपियाँ थपिने भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस