स्कटल्याण्ड पुगेकाे नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे यस्ताे छ अभ्यास (फाेटाेफिचर)
- गाउँ सहर संवाददाता
- २६ असार आइतबार, २०७९ | २०:१०:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । आईसीसी विश्वकप लिग टूको खेलका लागि स्कटल्याण्ड पुगेकाे नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास थालेको छ ।
क्रिकेट टोली बिहीबार स्कटल्याण्ड पुगेको हो ।
यसअघि लिग टूको यसै सिरिजको तयारीमा नेपाली टोली क्यानडामा थियाे । क्यानडामा रहँदा नेपालले स्थानीय क्लबसँग शतप्रतिशत जित निकालेको थियो ।
क्यानडाको सिनियर टोलीसँग भने दुई खेलको एकदिवसीय सिरिज भएको थियो । उक्त सिरिजमा भने नेपाल १-० ले पराजित भएको थियो ।
सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।
दोस्रो खेलमा भने नेपालले लजास्पद हार व्यहोरेको थियो ।
स्कटल्याण्ड भ्रमणका क्रममा नेपालले घरेलु टोली र नामिबियासँग खेल्नेछ । नेपालको पहिलो खेल जुलाई ११ मा नामिबिया विरुद्ध खेल्नेछ ।
यस लिगमा नेपालले पहिलो पटक स्कटल्याण्ड र नामिबियासँग खेल्दैछ ।
तस्बिर- क्रिकेट एशाेशिएन नेपाल

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
प्रतिकृया दिनुहोस