लायन्स क्लब अफ लेखनाथको २४ औँ पदस्थापन कार्यक्रम सम्पन्न
- गाउँ सहर संवाददाता
- २६ असार आइतबार, २०७९ | १७:३३:०० मा प्रकाशित

पोखरा । लायन्स क्लब अफ लेखनाथको २४ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२१/२२ का अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।
आफ्नो कार्यकालमा भएका कार्यक्रमबारे जानकारी दिँदै पौडेलले सामाजिक सेवाका हेतुले स्थापना भएको यस क्लबले विभिन्न क्षेत्रमा काम गर्नुका साथै लक्षित समूह केन्द्रित कार्य सम्पन्न गरि यस क्षेत्रमा उत्कृष्ट क्लबको रुपमा स्थापित हुन सफल भएको बताए । आफ्नो कार्यकाललाई सफल बनाउनका लागि सहयोग गर्नुहुने सम्पूर्ण लायन र शुभचिन्तक, सहयोगीप्रति आभार समेत व्यक्त गरे ।
वर्ष २०२२/२३ का अध्यक्ष तिलकशाली सापकोटाले आफ्नो कार्यभार ग्रहण गर्दै आफ्नो कार्यकालमा केही रचनात्मक कार्यक्रमका साथ क्लबलाई अगाडि बढाउने प्रतिवद्धता जनाए ।
यस वर्षका लागि चुनिएको नयाँ टिमले नयाँ उत्साह र जाँगरका साथ कार्य गर्ने र सबैको साथ सहयोग मिल्ने अपेक्षा समेत ब्यक्त गर्दै भावी योजना प्रस्तुत गरे ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आइका पिएमसिसी एरिया लिडर राजेन्द्र लम्सालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिस्ट्रिक गर्भनर राम वसेल, प्रथम उपाध्यक्ष चन्द्रकुमार केसी, द्वितीय उपाध्यक्ष विनोद ढुंगाना, प्रशासक ध्रुव न्यौपाने, लायन केदारनाथ लामिछाने, कृष्ण तिमिल्सिना, चिरञ्जिवी तिवारी लगायतले बोलेका थिए ।
वर्ष २०२२/२३ का सापकोटाको अध्यक्षतामा रहेको लायन्स क्लब अफ लेखनाथको प्रथम उपाध्यक्षमा रमानाथ पाैडेल, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद तिमिल्सिना, तृतीय उपाध्यक्षमा डाक्टर गृष्ममाेहन भट्टराई, सचिवमा चिरञ्जीवी तिवारी, कोषाध्यक्षमा डमरुबल्लभ चापागाईं, सहकाेषाध्क्ष सुन्दर ढकाल, सहसचिवमा तुलसी सापकोटा रहेका छन् । यसैगरी क्लबको प्रशासकमा धुर्व न्याैपाने, एलआईसी एफ काेअर्डिनेटर प्रवेश बंशी, मेम्बर सीप तर्फ भुवन श्रेष्ठ, सेवा तर्फ केदारनाथ लामिछाने, मार्केटिङ तर्फ कृष्णप्रसाद सुवेदी रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस