उच्च मनोबल र उत्साहका साथ प्रतिष्पर्धा गर्नु – मुख्यमन्त्री पोखरेल
- गाउँ सहर संवाददाता
- २५ असार शनिबार, २०७९ | २२:१४:०० मा प्रकाशित
पोखरा । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले खेलाडीहरुलाई उच्च मनोबल र उत्साहका साथ प्रतिष्पर्धा गर्न आग्रह गरेका छन् । काठमाडौँमा आयोजना हुने राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुन जाने गण्डकी प्रदेशका खेलाडीहरुलाई विदाई गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
मुख्य मन्त्री पोखरेलले बिदाई कार्यक्रममा सफलताको शुभकामना व्यक्त गर्दै भने–“राष्ट्रपति रनिङ शिल्डमा विगतमा गण्डकी प्रदेशले प्राप्त गरेको सफलतामा थप उत्कृष्टता हासिल गर्न यहाँहरुले उच्च मनोबल र उत्साहका प्रस्तुत हुनेमा म विश्वस्त छु ।”
खेलकुदको विकासका लागि तिनै तहको सरकारले उत्तिकै महत्वपूर्णका साथ अघि बढाएको बताउँदै गण्डकी प्रदेश खेलकुद परिषदका संरक्षक समेत रहेका मुख्य मन्त्री पोखरेलले स्वस्थ्य र अनुशासित नागरिक उत्पादनका लागि समेत खेलकुद उत्तिकै महत्वपूर्ण रहेको बताए । खेलाडीहरुलाई थप हौसला दिंदै उनले भने–“भोलीको अन्तर्राष्ट्रिय खेलाडीको रुपमा समेत यहाँहरुनै अघि बढ्ने हो भने अर्कोतर्फ प्रदेशको होस वा राष्ट्रको गौरव बढाउने काम भनेको नै यहाँहरु जस्तै खेलाडी र खेल क्षेत्र बाट त्यो सम्भव छ ।” खेलाडीको सफलता माथि नै प्रदेश र सरकारको सफलता मापन हुने भएकोले पनि प्रदेश सरकार संधै खेलाडीहरुको सहयोगका लागि साथमा रहेको उनको भनाई थियो ।
पोखरामा नवौं राष्ट्रिय खेलकुद हुने भएकोले यो प्रतियोगितामा प्राप्त हुने सफलताले प्रत्येक प्रदेशवाशीको सफलता र खेल जगतको सफलता गाँसिएको बताउँदै मुख्यमन्त्री पोखरेलले खेलाडीहरुले पदक जितेर आउनेमा आफू पूर्ण विश्वस्त रहेको बताए । “सीमित स्रोत र साधानका बावजुद खेलकुद परिषदले जसरी तयारी गरेको छ यसका लागि म आभार व्यक्त गर्न चाहन्छु”, उनले भने–“प्रदेश सरकार सदैव खेलाडीको साथमा छ र यहाँहरुले पदक जितेर आउँदा स्वागत गर्न उत्तिकै आतुर पनि छ ।”
विदाई कार्यक्रममा मुख्यमन्त्री पोखरेले नेपाली राष्ट्रिय झण्डा र परिषदको लोगो अंकित झण्डा गण्डकी प्रदेशका टिम लिडर तथा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङलाई हस्तान्तरण गरेका थिए ।
काठमाडौँमा यहि असार २८ देखि ३० गते सम्म आयोजना हुने राष्ट्रपति रनिङ शिल्डमा विभिन्न ६ खेलमा ९४ जना खेलाडीहरुले सभागिता जनाउने छन् । उक्त प्रतियोगितामा छात्र/छात्रा एथलेटिक्स भलिबल, कब्बडी, तेक्वान्दो, कराँते र उशुका खेल हुनेछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस