स्वास्थ्य

काेराेनाका सक्रिय संक्रमित ६०५ पुगे, १०२ नयाँ संक्रमित थपिए

काठमाडाैँ । पछिल्लाे समय पुनः काेराेना वृद्धिदर ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ६१५ जनाकाे परीक्षण हुँदा १०२ नयाँ संक्रमित पुष्टि भएकाे छ ।

साे अवधिमा ३१ जनाले स्वास्थ्य लाभ गरेका छन् । साे अवधिमा ४३ हजार ५३४ जनाले खाेप लगाएका छन् ।

मन्त्रालयका अनुसार अब देशमा सक्रिय संक्रमितकाे संख्या ६०५ पुगेकाे छ ।

गाउँ सहर संवाददाता