मधेश प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ०.१० प्रतिशतले वृद्धि
- गाउँ सहर संवाददाता
- २४ असार शुक्रबार, २०७९ | १०:४३:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक प्रादेशिक आर्थिक गतिविधि अध्ययन (मधेश प्रदेश) अर्ध–वार्षिक प्रतिवेदन (आ.व.२०७८/७९) ले समिक्षा अवधिमा मधेश प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ०.१० प्रतिशत, तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफलमा ०.८५ प्रतिशत र फलफूल तथा मसलाले ढाकेको क्षेत्रफलमा १.७९ प्रतिशतले वृद्धि भएको बताएकाे छ ।
उसका अनुसार समिक्षा अवधिमा अध्ययनमा समेटिएका प्रमुख उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा ४९.९२ प्रतिशत रहेको छ । यस्तै घरजग्गा रजिष्ट्रेसन संख्यामा २४.९५ प्रतिशतले वृद्धि भई ८९,६०६ पुगेको छ भने घर जग्गा रजिष्ट्रेशनबाट संकलित राजस्वमा १५१.२२ प्रतिशतले वृद्धि भएको छ ।
प्रदेशमा निर्माणाधीन र निर्माण हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना, पूर्व–पश्चिम रेलमार्ग आयोजना, हुलाकी राजमार्ग, काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजना र राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम रहेकाे प्रतिवेदनमा उल्लेख छ ।
प्रादेशिक आर्थिक गतिविधि अध्ययन

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस