‘गाडी साहित्य, ट्रक साहित्य’ लेख्न अब नपाइने, के-के छन् गृहका अन्य निर्णयहरू ?
- गाउँ सहर संवाददाता
- २३ असार बिहीबार, २०७९ | २०:४३:०० मा प्रकाशित

काठमाडौँ । गृहमन्त्रालयले ट्राफिक तथा यातायात क्षेत्रको व्यवस्थापन गर्न, सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माणका लागि बिहीबार विभिन्न निर्णय गर्दै सम्बन्धित मन्त्रालय र निकायलाई कार्यान्वयनका लागि परिपत्र गरेको छ ।
मन्त्रालयले परिपत्र गरेको निर्णयको बुँदा नम्बर १० मा सवारी साधनमा अनावश्यक लेखन तथा विज्ञापन राख्न नहुने उल्लेख गरिएको छ । सचिव स्तरको निर्णय अनुसार अब सवारी साधनमा साहित्य, सायरी र टुक्रा अर्थात् बोलीचालीको भाषामा भनिने ‘गाडी साहित्य, ट्रक साहित्य’ लेख्न पाइने छैन ।
गाडीमा लेखेको पाइए तत्काल उक्त लेन सवारी धनीले हटाउनुपर्ने र नहटाए स्थानीय प्रशासन र ट्राफिक प्रहरीले कारबाही गर्ने निर्णयमा उल्लेख छ ।
निर्णयको बुँदा नम्बर १० मा भनिएको छ, ‘‘गाडीमा अनावश्यक लेखन तथा विज्ञापन राख्न नहुने । त्यस्तो राखेको पाइएमा यथाशीघ्र सावरी धनीले उक्त लेखन तथा विज्ञापन हटाउनुपर्ने सो गरेको नपाइएमा स्थानीय प्रशासन, ट्राफिक प्रहरीबाट कारवाही गर्ने ।’’
गृहमन्त्रालयको निर्णयकबाट सडक पूर्वाधारहरूको कमजोर अवस्था, सवारी साधनको आवधिक मर्मत सम्भारको अभाव, सवारी साधनमा आवश्यक न्यूनतम पूर्वाधारको कमी, जथाभावी सवारी साधनमा लेखन गर्दै स्वरुप बिगार्ने, सवारी साधनमा काम गर्ने जनशक्ति तथा यात्रुहरुमा सचेतनाको कमी, पर्याप्त ट्राफिक पूर्वाधारको अभावबाट हुने समस्यालाई न्यूनीकरण गर्न यो निर्णय गेर कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय र निकायलाई पठाइएको मन्त्रालयका सचिव टेकनारायण पाण्डे जानकारी दिए ।
के-के छन् निर्णयहरू ?
- सडकमामा ग्रीन बेल्ट विकास गर्नुपर्ने,
- विद्युतीय सवारी साधानलाई प्रोत्साहन गर्नुपर्ने,
- सवारी साधनबाट सिर्जित फोहोरमैलाको समयमै व्यवस्थापन गर्नुपर्ने,
- दैनिक सडकको सरसफाई गर्ने, यान्त्रिक कुचोको माध्यमबाट सफा गरी सडकबाट धुलो नउड्ने अवस्था सिर्जना गर्ने,
- शहर भित्रिने मुख्य नाकामा सवारी साधनलाई सफा बनाई शहरभित्र पस्ने व्यवस्था मिलाउने ।
- भेहिकल फिटनेश सेन्टरको स्थापना गर्ने,
- प्रदूषण फैलाउने फैलाउने, पुराना सवारी साधनहरुलाई विस्थापन गर्ने,
- सवारी साधनभित्र कुहिने र नकुहिने फोहोरका लागि फरक फरक डस्टबिन राख्नुपर्ने र उक्त फोहोरको उचित स्थानमा विसर्जन गर्नुपर्ने,
- यात्रुका लागि सवारी साधनहरुमा बमन थैलीको व्यवस्था गर्नुपर्ने,
- गाडीमा अनावश्यक लेखन तथा विज्ञापन राख्न नहुने । त्यस्तो राखेको पाइएमा यथाशीघ्र सावरी धनीले उक्त लेखन तथा विज्ञापन हटाउनुपर्ने सो गरेको नपाइएमा स्थानीय प्रशासन, ट्राफिक प्रहरीबाट कारवाही गर्ने ।
- अन्य आवश्यक देखिएका विषय र कार्यहरु ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस