स्वास्थ्य

हैजाका बिरामी बढे

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका बिरामि बढेका छन् ।

बिहीबार थप दुईजनामा हैजा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार कागेश्वरी मनोहरा क्षेत्रमा दुईजना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २३ पुगेको छ । संक्रमितमध्ये ३ जना अस्पतालमा उपचाररत रहेका छन् ।

अन्यले घरमै स्वास्थ्यलाभ गरिरहेको महाशाखाले जनाएको छ । 

गाउँ सहर संवाददाता