शैक्षिक गुणस्तरलाई जीवनोपयोगी बनाउँदै काञ्जीरोवा नेसनल स्कुलले २४ औँ वर्ष मनायाे
- गाउँ सहर संवाददाता
- १७ असार शुक्रबार, २०७९ | २०:२७:०० मा प्रकाशित

काठमाडौँ । काठमाडौँको कोटेश्वरमा रहेको काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयले आफ्नो स्थापनाको २४ वर्ष पुरा गरेर २५ औँ वर्षमा प्रवेश गरेको छ । आज कमलादी स्थित राष्ट्रिय प्रज्ञा—प्रतिष्ठानमा एक भब्य समारोहकाबीच विद्यालयले २५ औँ वार्षिकोत्सव मनाएको हो ।
२०५५ सालमा काठमाडौँ डोन बस्को उ.मा.वि को नामले स्थापित यस विद्यालयले विभिन्न आरोह अवरोहकाबीच २५ औँ वर्षमा प्रवेश गरेको हो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको प्रमुख आतिथ्यमा सुरु भएको समारोहमा विभिन्न शिक्षा क्षेत्रका विशिष्ट ब्यक्तित्व, पूर्व विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाविद् तथा अन्य विशिष्ट पाहुनाहरूको उपस्थिति रहेको थियो ।
विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूको गीत, सङ्गीत, नृत्य, कविता तथा अन्य प्रस्तुतिसहित विशेष उद्घाटन समारोह आयोजना भएको थियो । समारोहमा विद्यालयमा अनवरत रूपमा लामो समयसम्म सेवा पु-याउने शिक्षक तथा कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियो ।
त्यस्तै, विद्यालयबाट यसै वर्ष कक्षा १० र कक्षा १२ को अन्तिम परीक्षा दिएका विद्यार्थीहरूको सम्मान गरेको छ । रजत महोत्सवको अवसरमा वर्षभरि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विविध कार्यक्रम आयोजना गरिने प्राचार्य रन्जित थापाले बताए । विद्यालयले पढाई सँगै सीप विकास गर्दै शैक्षिक गुणस्तरलाई जीवनोपयोगी बनाउन लागिपरेको उनको दाबी छ ।
'२१ औँ शताब्दीको आवश्यकता अनुरूप सीप विकासमा केद्रित रहेर ज्ञान हासिल गर्न जोड दिँदै विद्यालयले अनुशासित नागरिक उत्पादन गर्दै विकासमा योगदान पु-याएको छ, थापाले भने, 'यस विद्यालयले शैक्षिक गुणस्तरलाई जीवनोपयोगी बनाउन कारखाना, रोवोटिक्स एसोसिएसन नेपाल, सम्भाव्य फाउण्डेसन, लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाहरूसँग पनि सहकार्य गरेको छ ।'

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस