अर्थतन्त्र
“आइएमई पे” मार्फत “फुडमान्डु”को भुक्तानीमा १५% क्यासब्याक
- गाउँ सहर संवाददाता
- २४ जेठ मंगलबार, २०७९ | १६:११:०० मा प्रकाशित

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” अन्तर्गत संचालित “आइएमई पे” र “फुडमान्डु” बीच सम्झौता भएको छ । सम्झौता अनुरुप यहि जेठ २३ गते देखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ ।
“३ को कमाल, क्यासब्याकले धमाल” नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५% क्यासब्याक पाउनेछन् । यो क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुनेछ ।
यस अफरको नियम स्वरुप केवल फुडमान्डु एपबाट ३ अर्डर गरे पछि सो ३ बिलको कुल रकममा १५% क्यासब्याक पाइने र यस क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुने आइएमई पेले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस