एस आइ यु के नेपालले ‘दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२’ को आयोजना गर्दै
- गाउँ सहर संवाददाता
- २४ जेठ मंगलबार, २०७९ | १६:०४:०० मा प्रकाशित

काठमाडाैँ । एस आइ यु के नेपालले जुन ११ अर्थात जेष्ठ २८ गते होटल एभरेष्टमा दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२ को आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै एस आइ युके नेपालले सो कुराको जानकारी गराएको हो ।
अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिमाझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले एस आइ यु के नेपालले आफ्नो स्थापना काल देखिनै बेला–बेलामा यस्तो किसिमको शैक्षिक मेलाको आयोजना गर्दै आएको संस्थाका डिरेक्टर विनय अधिकारीले जानकारी गराए ।
फेयरमार्फत् विद्यार्थी र अभिभावकले ३० भन्दा बढी युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, कोर्सेस्, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने एस आइ युके नेपालका कन्टि मेनेजर अस्गर हुँसेनले बताए । फेयरमा उपस्थित हुने विद्यार्थी जसले फेयरमै विदेश अध्ययनको प्रक्रिया शुरु गर्दछ उनीहरुलाई निःशुल्क आई. इ. एल. टि. एस., निःशुल्क प्रोसेसिङ र गिफ्ट हाम्पर प्रदान गरिने संस्थाका सिनियर कन्सल्टेन्ट सुवास अधिकारीले जानकारी गराए ।
वैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण विद्यार्थी तथा उनका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षका बारेमा प्रतिनिधिहरुसंग जानकारी लिई मौकाको फाइदा उठाउन एस आइ युके नेपालकी बान्च्र म्यानेजर सुस्मित शिवाकोटीले पत्रकार सम्मेलनमार्फत् बताइन् । हाम्रो आएल्स पिटीई निकै नै उत्कृष्ट छ, हामीले हाइटेक इन्भारोमेन्टमा पटकपटक मुग टेक्स्ट गराई विद्यार्थीको प्रतिस्पर्धी बढाउँदछौँ, एसआइ युके नेपालकी आएल्यस पिटीई, इन्स्टक्टर रुबा इमानले भनिन् ।
फेयर निकै नै प्रभावकारी हुने र प्लस टु सकेका विद्यार्थीहरुलाई लक्षित गर्दै हामीले मार्केटिङ्ग स्ट्जीटी अपनाएका छौँ, यसै पत्रकार सम्मेलनमार्फत म सम्पूर्ण विद्यार्थी र अभिभावकलाई होटल एभेरेष्टमा हुन गइरहेको द लार्जेस्ट युके एजुकेसन फेयरमा आउनको लागि आह्वान गर्दछु, मार्केटिङ्ग म्यानेजर संगीता ओलीले भनिन् ।
फेयरमा ३ हजार ७५ जनाले एसआई युकेको वेभसाइट www.siuk-nepal.com मार्फत रजिष्ट्रेसन गरिसकेको बताउँदै हजारौँ विद्यार्थीले सहभागिता जनाउने भएका छन् । डेढ दशक बेलायतमा बिताएका विनय अधिकारीले शैक्षिक मेलामार्फत विद्यार्थी र अभिभावकहरुलाई बेलायती शैक्षिक प्रणाली, अवसर र नेपाली समुदायको विकासका बारेमा समेत जानकारी गराउनेछन् ।
स्मरण रहोसः विनय अधिकारी विश्वभरी रहेका गोरखा जिल्लाको तर्फबाट ग्लोवल गोरखा समाजको अध्यक्ष तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय उपमहासचिव समेत हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कर्णाली प्रदेशमा अहिले पनि चार लाख पाँच हजार निरक्षर
- रघुगङ्गामा दुई चिस्यान गृह निर्माण
- नक्कली भुटानी शरणार्थी प्रकरण : फरार प्रतिवादी महर्जन काठमाडौं जिल्ला अदालतमा हाजिर
- उछालियाे बजार, बढेन कारोबार, यस्तो भयो नेप्से
- नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध सर्वोच्च अदालतमा रिट पेस
- बथनाहादेखि विराटनगरसम्मको कार्गो रेल्वे सेवाको उद्घाटन
- १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने
- ‘आइएमई पे’ मा १४ रूपैयाँमा आइफोन १४ जित्ने मौका
- नेपाल र भारतका प्रतिनिधिमण्डलबीच वार्ता
- मलेसियाविरूद्ध नेपालकाे दाेस्राे जित
प्रतिकृया दिनुहोस