खेल
आईसीसी यू-१९ महिला टी-ट्वान्टी छनोट खेलमा नेपालले आज कतारको सामना गर्दै
- गाउँ सहर संवाददाता
- २० जेठ शुक्रबार, २०७९ | ०७:४२:०० मा प्रकाशित
काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट आज शुक्रबारबाट मलेसियामा सुरु हुँदैछ ।
छनोटको पहिलो खेलमा नेपालले आज कतारको सामना गर्दैछ । नेपाल र कतारबीचको खेल बिहान ७:१५ बजे सुरु हुनेछ ।
विश्वकपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ ।
कतार पनि नेपाललाई हराएर विजयी सुरुआतको लक्ष्यमा हुनेछ ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् ।
यस्तै नेपालले दोस्रो खेलमा युएईविरुद्ध जुन ४ मा खेल्दा भुटानविरुद्ध जुन ६ मा खेल्नेछ ।
त्यस्तै नेपालले जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस