यी हुन् छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सेन्ट लरेन्स कलेजका शिक्षक
- गाउँ सहर संवाददाता
- ११ जेठ बुधबार, २०७९ | १५:४७:०० मा प्रकाशित
काठमाडौं । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षक र कोर्ष को-अर्डिनेटर पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कलेजका कोर्ष को-अर्डिनेटर काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ स्थायी ठेगाना भइ हाल काठमाडौं कागेश्वरी मनोहरा नगपालिका–८ बस्ने वर्ष ४७ वर्षीय जनार्दन अधिकारी छन्।
यस्तै, कलेजका शिक्षक काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ का ५१ वर्षीय राजन कुमार पौडेल पनि पक्राउ परेका छन्।
उनीहरूले कलेजमा अध्ययनरत केही छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित बनेका थिए। पीडित नाबालिकाहरूका अभिभावकले समेत मंगलबार यस विषयमा प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए।
जाहेरी दर्ता गरी पीडित नाबालिकाहरुको विस्तृत स्वास्थ्य परीक्षण समेत भइसकेको प्रहरीले जनाएको छ। त्यसपछि फरार रहेका अधिकारी र पौडेलको खोजीमा रहेको प्रहरीले उनीहरूलाई पक्राउ गरि कारबाही अघि बढाएको छ।
अधिकारी र पौडेलउपर मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २२५ को बाल यौन दुरुपयोग गर्न नहुने सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस