गाउँ सहर

बजेट पाउनका लागि योजना आयोगले सिफारिस गर्नै पर्ने व्यवस्था

 

काठमाडाैं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरूले बजेट नपाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आयोगबाट सिफारिस नभएका आयोजनाले बजेट नपाउने बताएकी हुन् ।

उनले विनियोजन कुशलता कायम गर्न दीर्घकालीन सोच अनुरूप राष्ट्रिय प्राथमिकताका आधारमा विकास कार्यक्रम र आयोजनालाई बजेटसँग आबद्ध गरिने बताइन् । यस्तै, पूर्व तयारी नभएका र आयोजना बैंकमा प्रविष्ट नभएका आयोजनाले समेत बजेट नपाउने भएका छन् ।

आगामी आर्थिक वर्षदेखि आयोजनाले बजेट पाउनका लागि योजना आयोगले सिफारिस गर्नै पर्ने व्यवस्था सरकारले गर्ने भएको छ । यस्तै, बजेट पाउनका लागि आयोजनाहरू आयोजना बैंकमा प्रविष्ट समेत हुनुपर्ने छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत