आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने भाग्यशाली यात्रुलाई निः शुल्क सुनको सिक्का
- गाउँ सहर संवाददाता
- ५ जेठ बिहीबार, २०७९ | १६:४०:०० मा प्रकाशित
काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ ।
आइएमई पे मोबाईल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने प्रबन्ध मिलाइएको उसले बताएकाे छ ।
यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक १ भाग्यशाली बिजेताले दुईवटा चन्द्रागिरि केबलकारको टिकट र हरेक हप्ता १ भाग्यशाली बिजेताले एउटा चाँदीको सिक्का पनि जित्न सकिने छ ।
उसका अनुसार उड्डयन सेवा अहिलेको समयमा सबैभन्दा बढ्ता रूचाइएको यातायात माध्यम हुन पुगेको छ । आरामदायी र छिटो यात्रा गर्नको लागि अहिले कैयौँ यात्रुहरुले हवाई उड्डयन नै रोज्छन् । यस्ता यात्रुहरुले सहजताको निम्ति आइएमई पे एप जस्ता मोबाईल वालेट एपबाट घरमै बसी हवाई टिकट बुक गर्न मिल्छ । अझ बढी यात्रुहरुलाई हवाई यात्राका उत्साह प्रदान गर्न र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आइएमई पेले यस योजना सार्वजनिक गरेको हो ।
यस योजनालाई संचालन गर्नका लागि कम्पनीले केहि निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । जस अनुसार, आइएमई पे एपको सम्पूर्ण दर्ता भएका प्रयोगकर्ताहरु यस योजनाको निम्ति योग्य हुनेछन् । आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक दिन १ भाग्यशाली बिजेताले चन्द्रागिरि केबलकारको दुईवटा टिकट प्राप्त गर्न सक्नेछन् । आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक हप्ता ५ भाग्यशाली बिजेताले १ चाँदीको सिक्का प्राप्त गर्न सक्नेछन् । आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक १५ दिनमा १ भाग्यशाली बिजेताले १ सुनको सिक्का बम्पर उपहार स्वरूप प्राप्त गर्नेछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस