आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने भाग्यशाली यात्रुलाई निः शुल्क सुनको सिक्का
- गाउँ सहर संवाददाता
- ५ जेठ बिहीबार, २०७९ | १६:४०:०० मा प्रकाशित

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ ।
आइएमई पे मोबाईल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने प्रबन्ध मिलाइएको उसले बताएकाे छ ।
यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक १ भाग्यशाली बिजेताले दुईवटा चन्द्रागिरि केबलकारको टिकट र हरेक हप्ता १ भाग्यशाली बिजेताले एउटा चाँदीको सिक्का पनि जित्न सकिने छ ।
उसका अनुसार उड्डयन सेवा अहिलेको समयमा सबैभन्दा बढ्ता रूचाइएको यातायात माध्यम हुन पुगेको छ । आरामदायी र छिटो यात्रा गर्नको लागि अहिले कैयौँ यात्रुहरुले हवाई उड्डयन नै रोज्छन् । यस्ता यात्रुहरुले सहजताको निम्ति आइएमई पे एप जस्ता मोबाईल वालेट एपबाट घरमै बसी हवाई टिकट बुक गर्न मिल्छ । अझ बढी यात्रुहरुलाई हवाई यात्राका उत्साह प्रदान गर्न र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आइएमई पेले यस योजना सार्वजनिक गरेको हो ।
यस योजनालाई संचालन गर्नका लागि कम्पनीले केहि निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । जस अनुसार, आइएमई पे एपको सम्पूर्ण दर्ता भएका प्रयोगकर्ताहरु यस योजनाको निम्ति योग्य हुनेछन् । आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक दिन १ भाग्यशाली बिजेताले चन्द्रागिरि केबलकारको दुईवटा टिकट प्राप्त गर्न सक्नेछन् । आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक हप्ता ५ भाग्यशाली बिजेताले १ चाँदीको सिक्का प्राप्त गर्न सक्नेछन् । आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक १५ दिनमा १ भाग्यशाली बिजेताले १ सुनको सिक्का बम्पर उपहार स्वरूप प्राप्त गर्नेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस