काठमाडाैँ । आज २०७९ जेठ २ गते (सोमवार), दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुका साथै लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति प्रदेश नं १ र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम समान्यता सफा रहनेछ । प्रदेश नं १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुका साथै बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस