राप्रपा नष्ट हुन्छ तर भ्रष्ट हुँदैन - लिङ्देन
- गाउँ सहर संवाददाता
- २५ बैशाख आइतबार, २०७९ | १२:२१:०० मा प्रकाशित

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले पार्टीलाई ‘नष्ट हुन दिने तर भ्रष्ट हुन चाहीँ नदिने’ बताएका छन् । अहिलेसम्म ठूला भनिएका एमाले र काँग्रेसका जनप्रतिनीधिहरुले कर बढाउने र भ्रष्टाचार गर्ने बाहेक केही काम गर्न नसकेको आरोप लगाए ।
शनिबार पोखरा राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्कीले आयोजना गरेको विशेष चुनावी आमसभालाई सम्बोधन गर्दै लिङ्देनले जनतालाई भ्रष्ट व्यक्तिहरुलाई चुनावमा हराउन आह्वान गरे । ‘पोखरामा अहिलेसम्म राप्रपाले राम्रो मत ल्याउन सकेको छैन । यो पटक राप्रपाका उम्मेदवारहरुलाई भोट हालेर जिताउनुहोेस्, महानगर भ्रष्टाचारमुक्त हुने कुराको जिम्मा म लिन्छु ।’ लिङ्देनले भने ।
लिङ्देनले हल्लाखल्ला बिनै खुसुक्क राप्रपालाई मत दिन मतदाताहरुसमक्ष आग्रह गरे । ‘मतदाताहरुले राप्रपाको चुनाव चिन्हमा छाप लगाएर एमाले र काँग्रेसलाई पत्तासाफ बनाउन म आग्रह गर्दछु । राप्रपा केन्द्रीय अध्यक्ष लिङ्देनले आफ्नो चुनावी क्षेत्रको उदाहरण दिँदै भने–‘झापामा मेरो क्षेत्रका मतदाताहरुसँग मैले अब भिख मागेजसरी भोट मागिरहन जरुरी छैन । मेरो काम देखेरै त्यहाँका मतदाताहरुले स्वतस्फूर्त रुपमा भोट दिन लालायित छन् ।’ लिङ्देनले भने–‘त्यसैले त्यस क्षेत्रमा एमाले र काँग्रेस राप्रपासँग अहिले टक्कर लिनै सक्दैनन् ।’ लिङ्देनले पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढेको बताउँदै केही समयमै पार्टीले देशकैसबैभन्दा ठुलो पार्टीको आकार लिने दाबी समेत गरे ।
यसैबीच शनिबार पोखरामा आयोजित चुनावी आमसभामा ७ सय जना युवाहरु राप्रपामा प्रवेश गरेका छन् । राप्रपा युवा संगठन कास्कीका अध्यक्ष विजयबहादुर भण्डारीको पहलमा युवाहरु एकसाथ पार्टीमा प्रवेश गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।
यो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पोखराको मेयरमा शंकर खराल र उपमेयरमा रञ्जना सेन पौडेल प्रत्यासी छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस