बुटवलमा देउवाले भने, ‘ओलीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? यहाँ पनि भोलि त्यही हालत होला’
- गाउँ सहर संवाददाता
- २४ बैशाख शनिबार, २०७९ | १३:१९:०० मा प्रकाशित

बुटवल । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीको अत्याचारपछि पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।
बुटवलमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले लोकतान्त्रिक अधिकारको संरक्षण गर्न र गणतन्त्रलाई संस्थागत गरी स्थायित्व दिनका लागि आफूहरुले गठबन्धन गरेको बताए ।
उनले भने, ‘गठबन्धन ओलीको अत्यन्त अत्याचार भएपछि बनेको हो,’ ‘कसैको विरोध सहन नसक्ने, कसैले विरोध गरेमा संसद भंग गरिहाल्ने । यो संविधानमा प्रधानमन्त्रीले संसदलाई लहडमा भंग गर्न पाउने व्यवस्था नै छैन ।’
प्रम देउवाले असंवैधानिक रुपमा विघटन गरिएको संसदलाई अदालतले पुनर्स्थापना गरिदिए पनि एमालेले संसद चल्न नदिएको भने । उनले ‘ओलीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? यहाँ पनि भोलि त्यही हालत होला’ बताए ।
नेपालमा प्रजातान्त्रिक अधिकारलाई बचाउने बाचाका साथ आफ्नो नेतृत्वमा सरकार बनेको भन्दै उनले अहिले सरकारबाट कसैलाई डर त्रास नभएको, बोल्न तथा लेख्नका लागि सबैलाई छुट भएको देउवाले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
प्रतिकृया दिनुहोस