अर्थतन्त्र
नेपाली सेयर बजार जेठदेखि शुक्रबार पनि खुल्ने
- गाउँ सहर संवाददाता
- २३ बैशाख शुक्रबार, २०७९ | १४:१६:०० मा प्रकाशित
काठमाडौँ । साताको दुई दिन (शुक्रबार र शनिबार ) बन्द हुँदै आएको नेपाली सेयर बजार अबदेखि शुक्रबार पनि खुल्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार जेठ महिनादेखि देखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ ।
शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी छलफलमा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले यस्तो जानकारी दिएका हुन् ।
उनले यसअघि शुक्रबार बन्द हुँदै आएको सेयरबजार सञ्चालनका लागि बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिईसकेका जानकारी दिए ।
सरकारले २०७९ जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आइतबार बिदा दिएर त्यसको साटो शुक्रबार सेयर कारोबार खोल्ने विषयमा छलफल गर्दै आएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस