नेपाल लाइफ २२ औं वर्षमा प्रवेश
- गाउँ सहर संवाददाता
- २३ बैशाख शुक्रबार, २०७९ | ०७:०५:०० मा प्रकाशित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ ।
देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पर्याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीले जनाएको छ ।
२२ औं वार्षिकोत्सवको अवसरमा नेपाल लाइफले देशभरी विभिन्न ९ ठाउँमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवन दान’ भन्ने अभिप्रायले पे्ररित उक्त कार्यक्रममा अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी जम्मा ३०२ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।
सो अवसरमा कम्पनीमा अविछिन्न रुपमा दुई दशक तथा एक दशक सेवा गर्ने कर्मचारीहरुलाई प्रशंसा पत्रका साथ सम्मान गरेको छ । कम्पनीको प्रधान कार्यालय तथा विभिन्न क्षेत्रीय, शाखा, उप–शाखा कार्यालयले वार्षिकोत्सवलाई भब्य बनाउन अन्य गतिविधि तथा कार्यक्रमहरु गरिएको कम्पनीले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस