कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको योगदान केही घट्याे, अरूकाे बढ्याे
- गाउँ सहर संवाददाता
- २२ बैशाख बिहीबार, २०७९ | १३:२९:०० मा प्रकाशित

काठमाडाैँ । चालू आर्थिक वर्ष २०७८–७९ मा कुल गार्हस्थ उत्पादन (जीडीपीमा) बागमती प्रदेशको योगदान केही घट्न पुगेको छ भने अन्य प्रदेशले बढाउन पुगेका छन् ।
बिहीबार राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रदेशस्तरीय जीडीपीको योगदानको तथ्याङ्कमा बागमती प्रदेशको योगदान यस वर्ष ३६.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको हो । जबकि अघिल्लो वर्ष समग्र राष्ट्रिय उत्पादनमा बागमती प्रदेशको मात्र ३७.७ प्रतिशत रहेको थियो । त्यसो त तुलनात्मक रुपमा यो वर्ष अन्य प्रदेशहरूले राष्ट्रिय उत्पादनमा आफ्नो योगदान बढाएकाले पनि बागमती प्रदेशको घट्न पुगेको हो ।
विभागको तथ्याङ्क अनुसार १५.७ प्रतिशतको योगदानसहित प्रदेश नम्बर १ दोस्रो स्थानमा रहेको छ भने, १४.१ प्रतिशतसहित लुम्बिनी प्रदेश तेस्रो र १३.२ प्रतिशतसहित मधेस प्रदेश चौथो स्थानमा रहन सफल भएको छ ।
यता कुल ग्राहस्थ योगदानमा ८.९ प्रतिशतको योगदान दिएको गण्डकी प्रदेश पाँचौ स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेश ७.० प्रतिशतसहित छैटौं र कर्णाली प्रदेश ४.१ प्रतिशतसहित सातौं स्थानमा रहेको विभागले जनाएको छ ।
चालू आर्थिक वर्षका लागि अधिकतम ५.८४ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको विभागले प्रदेश स्तरीय आर्थिक वृद्धिदरमा भने यस वर्ष बागमती प्रदेशको ६.७४ प्रतिशत, गण्डकी प्रदेशको ६.१७ प्रतिशत, लुम्बिनी प्रदेशको ५.३६ प्रतिशत, कर्णाली प्रदेशको ५.४६ प्रतिशत, प्रदेश नं. १ को ५.४१ प्रतिशत र सुदूर पश्चिम प्रदेशको ४.९३ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
चालु आर्थिक वर्षको ६ महिनादेखि ९ महिनाको आर्थिक गतिविधि, प्रशासनिक तथ्याङ्कलाई आधार बनाएर योगदानको प्रक्षेपण गरेको विभागले मुख्य १८ वटा सूचकहरुलाई आधार मानेर यस्तो तथ्याङ्क निकालेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस