गाउँ सहर

७० केजी अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

काठमाडाैं । प्रहरीले ७० केजी अवैध लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेकाे छ ।  चितवनको राप्ती नगरपालिका -१ परेवाकोटबाट करिब ७० केजी अवैध लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका–३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजा रहेका छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले प्रजालाई बोरामा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको गरेकाे प्रहरीले जनाएकाे छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता