काठमाडौंको मेयरमा जोशीको पहिलो उम्मेदवारी दर्ता
- गाउँ सहर संवाददाता
- ११ बैशाख आइतबार, २०७९ | १२:२७:०० मा प्रकाशित

काठमाडाैं । काठमाडौं महानगरपालिकाको प्रमुखका लागि पहिलो उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगले मनोनयन दर्ता सुरू गरेसँगै राष्ट्रिय यथार्यवादी पार्टी नेपालले उम्मेदवारी दर्ता गराएको हो । पार्टीका तर्फबाट आनन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन आयोगले आज र भोलि दुई दिन उम्मेदवारी दर्ताको समय तोकेको छ । आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गर्न सुरू गरिएको निर्वाचन आयोगले जनाएको छ ।देशभरका ७५३ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गर्न थालिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
गत निर्वाचनमा एकै दिन उम्मेदवारी दर्ता गर्न समय अपुग भएकाले यस पटक दुई दिन दिइएको आयोगले जनाएको छ ।
उनले राष्ट्रिय यथार्थवादी पार्टी नेपालबाट उम्मेदवारी दर्ता गराएका हुन् । ३७ वर्षीय जोशीले सरोज शाहीको प्रस्ताव र सरला शाहीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।
जोशी काठमाडौं महानगरपालिका-१९ निवासी हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
प्रतिकृया दिनुहोस