शुक्रबारदेखि नेपाल एयरलाइन्सको जहाज साउदी अरबमा नियमित उडान सुरु
- गाउँ सहर संवाददाता
- ९ बैशाख शुक्रबार, २०७९ | १६:५३:०० मा प्रकाशित

काठमाडाैं । नेपाल वायुसेवा निगमले नेपालीहरुको ठूलो संख्या रहेको मुलुक साउदी अरबमा शुक्रबारदेखि नियमित उडान सुरु गर्ने भएको छ ।
साउदी अरबको रियादमा काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज शुक्रबार साँझ ७ः१५ मा रियादका लागि उड्ने भएको छ । निगमले वाइडबडी जहाज किन्ने बेला गरेको बजार प्रक्षेपणमा यो गन्तव्य समेटिएको थियो । तर, लामो समयसम्म निगमले अनुमति नपाउँदा उडान विस्तार गर्न भने सकेको थिएन ।
निगमले साउदीका विभिन्न गन्तव्य (रियाद, दमाम र जेद्दा)मा उडानको अनुमति पाएको भएपनि पहिलो चरणमा रियादमा मात्र उडान गर्न लागेको हो । यस शहरमा निगमले साताको दुई उडान गर्ने भएको छ ।
शुक्रबार र आइतबार काठमाडौंबाट निगमको जहाज रियाद उड्ने छ । जहाज साउदीबाट भने शनिबार र सोमबार काठमाडौं फिर्ता हुनेछ । साउदी अरबको दमाममा भने अहिले हिमालय एयरलाइन्सले उडान गरिरहेको छ । यो मुलुकमा निगमले यसअघि चार्टर्ड उडानहरु भने गरिसकेको छ । पहिलो पटक नियमित उडान गर्न लागेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस