उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट, ६ जनाले पाए ११ कित्ता
- गाउँ सहर संवाददाता
- ९ बैशाख शुक्रबार, २०७९ | १२:४३:०० मा प्रकाशित

काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ शुक्रवार बिहान बाँडफाँट भएको छ ।
विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको हात्तिसारस्थित कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो । गोलाप्रथाद्वारा २२ हजार ११५ जनाले कम्पनीको आईपीओ पाएका छन् । जसमध्ये २२ हजार १०९ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले शेयर पाएका हुन् ।
कम्पनीको आईपीओमा कुल २३ लाख ५१ हजार ४६२ जनाले आवेदन दिएका थिए भने २ हजार ४०६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २३ लाख ४९ हजार ५६ जना आवेदकलाई गोला प्रथामा सहभागि गराएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।
कम्पनीले जारी पूँजी रू.६ करोड ५६ लाख २५ हजारको ३६ प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित दरको रू.२ करोड ३६ लाख २५ हजार बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्कासन गरेको थियोे ।
सर्वसाधारणका लागि निष्कासन गरिएको कुल कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकिएको छ। कम्पनीले बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयर भने सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
आर्थिक वर्ष २०७७/ ७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नाफा रू. ५ करोड ९२ लाखभन्दा बढी रहेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. १४० र प्रतिशेयर नेटवर्थ रू. ४०३ दशमलव ९१ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस