प्रधानमन्त्री देउवाद्वारा बालुवाटारमा काँग्रेस शीर्ष नेताको बैठक आह्वान
- गाउँ सहर संवाददाता
- ८ बैशाख बिहीबार, २०७९ | १४:३२:०० मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री देउवाले काँग्रेसका शीर्ष नेताको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो ३ बजे बस्ने गरी उनले बैठक आह्वान गरेका हुन् ।
बैठकमा नेपाली काँग्रेसका संस्थापन इतर पक्षका नेता डा. शशांक कोइरालाका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतलाई बोलाइएको स्रोतले जानकारी दिएकाे छ । बैठकमा पार्टीका पदाधिकारीमध्ये उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाइएको छ ।
देउवाले महानगर तथा उपमहानगरमा पार्टीका उम्मेदवार चयन गर्ने सन्दर्भमा छलफलका लागि बैठक बोलाइएकाे बालुवाटार निकट स्रोतले जनाएकाे छ ।
बालुवाटार निकट स्रोतका अनुसार काँग्रेसको विधानअनुसार महानगरको मेयर तथा उपमेयर केन्द्रले र उपमहानगरको मेयर तथा उपमेयरका उम्मेदवार प्रदेशले टुङ्ग्याउने व्यवस्था छ । देउवाले पार्टीभित्रको शक्ति सन्तुलन मिलाएर टिकट वितरणको तयारी थालेका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस