स्वास्थ्य

काेराेना अपडेट : १३ जनामा कोरोना संक्रमण, २५ जना कोरोना संक्रमणमुक्त

काठमाडाैं । देशमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।

बुधबार २५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ३१८ जना सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घण्टामा २ हजार ५२८ पीसीआर तथा १ हजार ३४९ एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत