विभिन्न उपसमिति गठन गर्दै कांग्रेसले सातै प्रदेश र पालिका तहमा प्रतिनिधि पठाउने
- गाउँ सहर संवाददाता
- २ बैशाख शुक्रबार, २०७९ | १९:४४:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले सात वटै प्रदेश र ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ । शुक्रबार बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले काम, कर्तव्य र अधिकारसमेत तोकी केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको हो ।
त्यसैगरि कांग्रेसको बैठकले विभिन्न उपसमिति गठन गरेको छ ।
बैठकले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरि गठवन्धनका उम्मेदवारहरुलाई विजयी गराउन सक्रिय हुन निर्देशन दिने निर्णय गरेको छ ।
आगामी दिनमा हुने चुनावी सभामा हुने आचारसंहिता कार्यान्वयन एवम् अनुगमन कसरी गर्ने भन्ने सन्दर्भमा छलफल भएको समितिका सदस्य नैनसिंह महरले बताए ।
भातृ संघ समन्वय तथा परिचालन उपसमिति, जिल्ला समन्वय सम्पर्क समन्वय परिचालन उपसमिति, विदेशस्थित जनसम्पर्क समन्वय, अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षक, निर्वाचन सुरक्षा निकाय, आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति गठन भएको उनले जानकारी दिए ।
सहमहामन्त्रीले प्रदेश र जिल्ला कमिटीबीचको समन्वय गर्छ, केन्द्रबाट ७७ जिल्लामा जाने केन्द्रीय प्रतिनिधिले जिल्लामा आएको समस्या त्यहाँको व्यवस्थापन र गठबन्धनबीच मिलाउने तथा समन्वय गर्ने काम गर्ने उनको भनाइ छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस