कांग्रेसका नेता कोइरालाद्वारा पार्टीको निर्णयबमोजिम एकजुट भएर चुनावमा केन्द्रीत हुन आग्रह
- गाउँ सहर संवाददाता
- २ बैशाख शुक्रबार, २०७९ | ०७:१५:०० मा प्रकाशित
काठमाडौँ । पार्टीले चुनावमा तालमेल गर्ने निर्णय लिएपछि नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको निर्णयबमोजिम एकजुट भएर चुनावमा केन्द्रीत हुन आग्रह गरेका छन् ।
नयाँ वर्षलाई चुनावी वर्षको रुपमा स्वागत र शुभकामना व्यक्त गर्दै नेता कोइरालाले अब विभाजित भएर चुनावमा जाने छुट कसैलाई पनि नभएको बताएका हुन् ।
तर कोइरालाले चुनावमा तालमेल गर्न नहुने भन्दै आएका थिए ।
उनले पार्टीभित्रको मतभेद र मनभेदहरू पार्टीको आन्तरिक जीवनमा मात्रै सीमित राख्नुपर्ने बताए । ‘हामी बिचका मतभेद र मनभेदहरु पार्टीको आन्तरिक जीवनको विषय हो । र त्यस विरुद्ध हामी पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै गरौँला । पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध पनि हामी संघर्ष गरिरहने छौँ,’ कोइरालाले भने ।
नेता काेइरालाले उम्मेद्वार तय गर्दा पार्टीभित्र निष्पक्षताको लागि समेत आफू लड्न तयार रहेको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस