नेपाल बार एशोसिएशनकाे अध्यक्षमा गोपालकृष्ण घिमिरे जित नजिक
- २५ चैत शुक्रबार, २०७८ | १०:२७:०० मा प्रकाशित

काठमाडौं । नेपाल बार एशोसिएशन मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबाट अध्यक्षमा चुनाव लडेकाले गोपालकृष्ण घिमिरे धेरै मतले अग्रता लिएका छन् ।
अहिलेसम्मकाे गणना मतअनुसार घिमिरेको जित सुनिश्चित भएको छ ।
उनले ३ हजार ७२८ मत पाइसकेका छन् । उनका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले १ हजार ९ सय ७७ मत पाएका छन् । अब गणना हुन करिब १५ सय मत मात्र बाँकी रहेकाे छ ।
त्यसैगरि महासचिवमा पनि घिमिरे प्यानलकी अन्जिता खनालको जित निश्चित जस्तै छ । खनालले ३ हजार १७५ र उनको प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३ सय ४५ मत पाएका छन् ।
कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशन २६ औं केन्द्रीय कार्यसमितिका लागि यही चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानमा मतदान सम्पन्न भएको थियो ।
बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाताले मतदान गरेका थिए । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० मतदाता रहेका थिए । सात हजार ४२९ मत मात्र खसेको थियो ।
प्रतिकृया दिनुहोस