थामिएन शेयरबजारकाे ओरालाे यात्रा, तीन कम्पनीकाे शेयरमूल्य उच्च अंकले बढ्याे
- गाउँ सहर संवाददाता
- २० चैत आइतबार, २०७८ | १५:४८:०० मा प्रकाशित

काठमाडौं । अघिल्लाे साता निरन्तर ओरालाे लागेकाे शेयरबजार आज साताको पहिलो दिन पनि ३१ अंकले घटेको छ ।
आइतबार नेप्से ३०.८९ अंकले गिरावट आएको हो । यस दिन २५१३.४१ अंकमा पुगेर बजार बन्द भएको छ ।
बजारसँगै कारोबार रकममा पनि आज उल्लेख्य गिरावट आएको छ । गत आइतबार करिब ५ अर्बको कारोबार भएको बजारमा आज कारोबार भएका २ सय २५ कम्पनीको सेयर कारोबारमा १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७ सय २९ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यो रकम पछिल्लो डेढ वर्ष यताकै न्यून हो ।
आज ३२ लाख ५३ हजार ८ सय १६ कित्ता सेयर २८ हजार १ सय १३ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।
आज कारोबार भएका १९ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७२ कम्पनीको सेयर मूल्य घटेको छ ।
आजको कारोबारमा राष्ट्र उत्थान लघुवित्त सेयर मूल्यले सर्किट ब्रेक लागेको छ । अन्य बढी कमाउने कम्पनीमा इमर्जीङ नेपाल, नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, एनआइबिएल समृद्धि फण्ड लगायतका कम्पनी रहेका छन् ।
आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा युनाइटेड आइडी आई मार्दी हाइड्रो पावर, सूर्य लाइफ इन्स्योरेन्स, सामलीङ पावर कम्पनी, हिमालय ऊर्जा विकास कम्पनी तथा नेपाल दुरसञ्चार कम्पनी रहेका छन् ।
आज सर्वाधिक कारोबार हुनेमा सूर्य लाइफ इन्स्योरेन्स, सिदार्थ इन्स्योरेन्स, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन लगायतका कम्पनी रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस