कला

लघुकथा: आँसुको रङ

वार्षिक परीक्षा नजिकिँदै थियो । विविध कारणले गर्दा कतिपय पाठहरु सिध्याउने चटारो कमलामा तीव्र भइरहेको थियोे । तैपनि कक्षा ९ मा कथाको पाठ पढाउने सिलसिलामा उनले अत्यन्तै रमाइलो कथा सुनाइन् । विद्यार्थीहरु पेट मिचीमिची हाँसे । कमलाले पनि विद्यार्थीसँगै खित्का छोडिन् ।

" गुरुआमा त सधैँ कस्तो मज्जा गराउनुहुन्छ ।" सौरभले हाँसोकै सुरमा भन्यो ।

आशाले उसका कुरामा सही थाप्दै भनी, "अँ भनेको कस्तो मज्जा लाग्ने कथा ! मेरो त हाँस्दाहाँस्दै पेटको लाम्टै चुँडिन लाग्यो ।"

प्राय: सबै विद्यार्थीको मुख हाँस्दाहाँस्दै गुराँसझैँ भएका थिए । आँखाबाट आँसु पनि झर्दै थिए ।

"ल हेर गुरुआमा पनि हाँस्दाहाँस्दै रुनुभएछ ।" कृतज्ञले भन्यो ।

"मेरो पनि हाँस्दाहाँस्दै आँसु झरेको हो । तर यो आँसुले तिमीहरूको आँसुको रङसँग मेल खाँदैन बाबु हो । यो त वर्षौँदेखि निरन्तर रूपमा लुकाएर राखेको पीडाले अवकाश पाउने दाउ मात्रै खोजेको हो ।

गाउँ सहर संवाददाता