टिपरले ठक्कर दिँँदा बाेलेराे चालककाे मृत्यु
- गाउँ सहर संवाददाता
- १८ चैत शुक्रबार, २०७८ | १२:४१:०० मा प्रकाशित

काठमाडाैं । टिपरले ठक्कर दिँँदा बाेलेराे चालककाे मृत्यु भएकाे छ । सप्तरीको खडक नगरपालिका-५ रंजितपुर सडकखण्डमा टिपरले ठक्कर दिँँदा बाेलेराे चालककाे मृत्यु भएकाे हाे । मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादव रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ आउँदै गरेको विद्युत् कार्यालय बोदेबर्साइन सप्तरीको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरोलाई बिहीवार साँझ पछाडिबाट ना ७ ख २६५८ नम्बरको टिपरले ठक्कर दिँदा यादवको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारको लागि अस्पतालतर्फ ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा घाइते भएका अन्य बोदेबर्साइन नगरपालिका –१० का ३० वर्षीय शैलेश यादव, सोही ठाउँका ३० वर्षीय महेश चौधरी, वडा नम्बर ५ का २६ वर्षीय बृजेश कुमार यादव, ३० वर्षीय जयशंकर साह र सिरहाको लहान नगरपालिका –८ का ३५ वर्षीय अरुण कुमार सिंहको उपचार भइरहेको प्रहरीको भनाइ रहेको छ ।
टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस