हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा अग्रवालविरूद्ध मुद्दा दायर
- गाउँ सहर संवाददाता
- १७ चैत बिहीबार, २०७८ | १०:३२:०० मा प्रकाशित

काठमाडाैं । हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा गत फागुन २३ मा पक्राउ परेका भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले सात करोड ६० रुपियाँ असुलीको माग दाबीसहित बुधबार उच्च अदालत पाटनमा राजस्व छलीको मुद्दा दायर गरेको हो ।
भारत पश्चिम बङ्गाल, सिलगुडीका अग्रवाललाई फागुन २३ गते नगदसहित प्रहरीले काठमाडौँको ताहाचलबाट पक्राउ गरेको थियो । पक्राउपछि अनुसन्धान गर्दा अग्रवालले विमला इन्टरप्राइजेजबाट कारोबार गर्दा कानुनबमोजिमको बिजक जारी नगरी अर्डर फर्म तथा गैरबिजक जारी गरी मालसामान बिक्री गर्ने गरेको फेला परेको थियो ।
राजस्व छल्ने मनसायले अग्रवालले गरेको यस्तो कारोबारबाट हुने आयलाई व्यवसायको आधिकारिक बिक्री आयमा नजनाई ठूलो परिमाणको नगद घरमा राख्ने गरेको देखिएको विभागले जनाएको छ । यसअनुसार अग्रवालले आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने करसमेत नतिरी राजस्व छलेको विभागले मुद्दामा उल्लेख गरेको छ ।
विभागले राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन प्रतिकूलका कार्य गरी मूल्य अभिवृद्धि करतर्पm तीन करोड १७ हजार र आयकरतर्पm ८० लाख रुपियाँ छली गरेको जनाएको छ । यसअनुसार बिगोबमोजिम दोब्बर गर्दा करिव सात करोड ६० लाख रुपियाँ असुल गर्र्नुपर्ने माग गरिएको छ । बरामद भएको एक करोड ५० लाख रुपियाँसमेत असुलीअन्तर्गत जफत गर्नुपर्ने माग विभागको छ । अग्रवालसहित अर्का एक युवक पनि पक्राउ परेका थिए । विभागले उनलाई भने प्रतिवादी बनाएको छैन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस